
महोत्तरी - महोत्तरीको निर्वाचन क्षेत्र नं २ बाट मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनकाे लागि प्रत्यक्षा तर्फबाट नेपाली काँग्रेसबाट किरण यादवको एकल नाम सिफारिस भएको छ ।
काँग्रेसको क्षेत्र नं २ को क्षेत्रिय भेलाले कांग्रेसका केन्द्रीय सदस्य नेतृ किरण यादवको नाम सर्बसहमतीले नाम सर्वसम्मतरूपमा सिफारिस गरिएको क्षेत्रिय सभापति रामकरण प्रसाद साहले जानकारी दिए ।
प्रतिनिधि सभाको लागि समानुपातिक र प्रदेश सभा सदस्यको लागि उम्मेदवार भोलीको बैठकले छनाैट गरिने सभापति साहले जनाए ।