
काठमाडौं।नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो नियुक्त गरेका पाँच मन्त्रीहरुले आज शपथ लिन लागेका हुन्।
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा सहभागी मन्त्रीहरू आइतबार हेरफेर भएका हुन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रीहरु फेरिएका जानकारी दिएको छ।
एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकासमन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन्।
उनीहरुले आज पद तथा गोपनियताको शपथ लिन लागेका हुन्। उनीहरुको शपथ ग्रहण बिहान ११ बजे हुने बताइएको छ।
