जनकपुरधाम- जनकपुरधामबाट अमेरिकन पेस्तोल सहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ थापाचोक बस्ने ३७ वर्षीय मनिष अधिकारी रहेका छन् ।
सोमबार राति मनिषको घरको छतमाथि गोली चलेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगी घरको खानतलासी गर्दा किचन कोठाको टपमाथि लुकाई राखेको अवस्थामा गोली लोड गरेको म्याग्जिन सहितको पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।
मनिषले आफ्नो श्रीमतिसँग घरायसी वादविवाद हुँदा घरमै लुकाएर राखेको पेस्तोलबाट गोली चलाएको डीएसपी क्षेत्रीले बताए ।
पक्राउ परेका उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा शिर्षकमा म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।




