महोत्तरी- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीकोे आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२३ को अर्धवार्षिक पूर्व समीक्षा ०७९ असार १५ गते जलेश्वरमा सम्पन्न भयो ।

इन्सेक प्रतिनिधि अजयकुमार साहले सन् २०२३ को ६ महिनाको अवधिमा जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।
जसमा ६ महिनाको अवधिमा अन्य पक्षबाट बलात्कारका १२ ओटा, बलात्कार प्रयासको तीनओटा, हत्याका ४, अपहरण तथा शरीर बन्धकका २, बोक्सीको आरोपमा कुटपिट १ र बहुविवाहका ४ वटा घटना सहित २६ वटा घटना अभिलेख भएका छन् ।
अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले विद्यालयमा समयमा पाठ्पुस्तक नपुगेको, समयमा बजार अनुगमन नगर्दा बजारमा नक्कली र म्याद गुज्रेको सामान बिक्रि वितरण भइरहेकोमा सरोकारवालाहरूको ध्यानाकर्षण गराउनु भयो ।

जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी राख्दा कैदीबन्दीलाई खान, बस्न शौचालयको प्रयोग, सरसफाईमा समेत कठिनाई भएको बताए ।
समयमा किसानले मल तथा बिउ पाउन नसकेको, स्वास्थ्य संस्थामा आवश्यक निशुल्क ओषधी पाउन नसकेको जस्ता जनताका आधारभूत आवश्यकताका सवाल उठेका थिए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका मानव अधिकार अधिकृत मनमाया मगरले मानव अधिकारप्रति प्रतिवद्धता जनाउँदै मानवअधिकार घटना थाहा पाउन इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तक महत्वपुणर् भएको उल्लेख गर्नुभयो ।उहाँले ले मानवअधिकार संरक्षणका लागि सबैले काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वोरेक नेपाल महोत्तरीका कार्यक्रम अधिकृत लिला दियालीले ले परिवारवाट हिंसामा परेका महिला तथा बालबालिकालाई उचित खानपान तथा बसोवास साथै मनोसामाजिक परामर्शको व्यवस्था हुनुपर्ने र दीर्घकालीन व्यवस्थापनका लागि सरकारी निकाय मुकदर्शक भएको गुनासो गर्नुभयो ।
नेपाल बार एशोसियसन महोत्तरीका विक्रु यादवले जिल्लाका कुनाकाप्चाका नाकरिकलाई समेत मानव अधिकारको बारेमा सचेत पार्दै जिम्मेवार निकायलाई मानव अधिकारको प्रवर्धन र संरक्षणमा लाग्न पैरवीको खाँचो रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका महिला सेलकी अन्जना दंगालले वर्ष पुस्तक मानव अधिकारको दस्तावेज भएको बताउदै कतिपय प्रहरीको जिम्मेवारीलाई मानव अधिकार विरुद्धको रुपमा विश्लेषण गर्न नहुने सुझाव दिनुभयो ।
कार्यक्रममा आरवाईसीको कार्यक्रम संयोजक पुजनारायण साह, एसडीसीका जितेन्द्र पासवान, चौतारी नेपालका रामवरण यादव, महिला अधिकार संजाल महोत्तरीका अध्यक्ष काजल नागवंशी, महिला अधिकारकर्मी इसरागन यादव, नेपाल अपांग संघ महोत्तरीका सचिव मधु महतो, थर्ड एलान्सका अर्जुन साह, महिला सचेतना केन्द्रका साधना बर्मा, मानव अधिकारका लागि एकला महिलाका कल्पना ढकाल, नेपाल रेडक्रम महोत्तरीका अध्यक्ष दिपक मिश्र, एनएनडीएसड्ब्लुका विक्रम पासवान, स्पर्श नेपालका अनिलकुमार साह, महिला अधिकारकर्मी रेखा झा, संचारकर्मी रञ्जन भण्डारी लगायत ले सबैको पहुँचमा नेपाल मानव अधिकार वर्ष पुस्तक पुग्नु पर्ने बताउनु भयो ।




