
नेपाल पत्रकार महासंघको यही २८ मंसिरमा हुने निर्वाचनमा धनुषाका राजेश कर्ण र महोत्तरीका राजकरण महतोसहित १३३ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।
कर्ण र महतो प्रेस युनियन र प्रेस चौतारी को संयुक्त प्यानलमा केन्द्रिय सदस्यका उम्मेदवार हुन् । कर्ण मधेस प्रदेश सदस्य र महतो मधेसी सदस्यको लागि उम्मेदवार बनेका छन् ।
करिब तीन दशक बढी देखि पत्रकारिता गर्दै आएका कर्ण विभिन्न राष्ट्रिय तथा स्थानिय सबै माध्यमबाट पत्रकारीता गरिरहेका छन् । उनि मधेसवादी प्रेस संगठनबाट हालै प्रेस युनियनमा प्रवेश गरेका हुन् ।
त्यसैगरी करिव एक दशकदेखि पत्रकारीता गर्दै आएका महतो महोत्तरीमा खरो पत्रकारकारूपमा चिनिन्छन् । पत्रकारितामा स्नातकोत्तर गरेका महतो हाल अन्नपूर्ण पोष्टको काठमाडौं संवाददाता हुन् । बर्दिवास –१३ का महतो करिव दुई महिनाअघि प्रेस सेन्टर त्यागेर चौतारी प्रवेशका उनी पत्रकार महासंघ महोत्तरी शाखाका सचिव थिए ।