
जनकपुरधाम- जनता समाजवादी पार्टी( जसपा)मा चर्किएको आन्तरिक विवाद विभाजनको बिन्दूमा टुंगिने भएको छ ।पार्टी विभाजनका लागि अध्यक्ष उपेन्द्र यादव र परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईबीच बुधवार सहमति भएको बताइएको छ ।
अध्यक्ष यादवले बुधवार डाकेको संसदीय दलको बैठक अगावै परिषद् अध्यक्ष भट्टराईले अध्यक्ष यादवलाई सिंहदरवारमा भेटेर सहमतिमै पार्टीबाट अलग्गिने वातावरण बनाउन आग्रह गरेका थिए ।पार्टी विभाजनको कानूनी संख्या भन्दा धेरै पछाडि रहेका भट्टराईले कारवाही गरी संसदबाट मुक्त नगर्न आग्रह गरेका थिए । संसदको आयु केही महिना मात्र रहेकाले अध्यक्ष यादवले पार्टीबाट जाने सांसदहरुलाई कारवाही नगर्ने सहमति भएको जनाएका छन् ।उनले उनीहरुलाई कारवाही नगरी सहमतिमा अलग्गिने वातावरण बनाउन सहमति जनाएकाले पार्टी विभाजनको अन्तिम चरणमा पुगेको छ । अध्यक्ष यादवले डाकेको संसदीय दलको बैठकमा ६ जना अनुपस्थित रहेपनि त्यस मध्ये भट्टराई समेत तीन जना मात्र छुट्टिने कार्यकारिणी समिति सदस्य गजाधर यादवले दाबी गरेका छन् ।संसदीय दलको बैठकमा डा.भट्टराई, महिन्द्र राय यादव, राजकिशोर यादव, डा.सूर्यनारायण यादव, रामबाबु यादव र रामसहाय यादव अनुपस्थित रहेका थिए । जसपाको संसदीय दलमा २२ जना रहेपनि २ जना निलम्बनमा परेका छन् ।

अध्यक्ष यादवले कारवाही नगर्ने आश्वासन दिएसँगै भट्टराईले अर्को दल खोल्ने सुरसार गरेका छन् ।तत्कालै कुनै दलमा प्रवेश गर्ने संभावना नरहेको भट्टराई निकट एकजना नेताले बताए । असन्तुष्ट पक्षलाई कारवाही नगरी सोझै पार्टीबाट अलग गर्न कार्यकारिणी समितिलाई पूनर्गठनको तयारी गरिएको छ ।समितिको बैठकले पूनर्गठनका लागि अध्यक्ष यादवलाई जिम्मेवारी दिएको छ ।उनले कार्यकारिणी समितिलाई पूनर्गठन र पद विभाजन गरी आगामी केन्द्रीय समितिबाट अनुमोदन गराउने जनाएका छन् । भट्टराई समूहलाई कुनै प्रकारको कारवाही अथवा स्पष्टिकरण नसोधिने कार्यकारिणी सदस्य यादवले बताए ।‘कार्यकारिणी समिति पूनर्गठन गरी असन्तुष्टहरुलाई हटाइनेछ’ उनले भने, पूनर्गठित कार्यकारिणी समितिको अनुमोदन केन्द्रीय समितिबाट गराएर निर्वाचन आयोगमा पठाइने तयारी भएको छ ।यस प्रक्रियामा भट्टराईले चाहे अनुसारकै सुविधा पाउने छन् । कतिपय नेताहरुले राजकिशोर यादवलाई पार्टीबाट अलग्गिन नदिन दवाव दिइरहेका छन् ।तराई÷मधेश केन्द्रित पार्टीको रुपमा जसपालाई राख्नुपर्ने धारणा व्यक्तगर्दै कतिपय नेताहरुले राष्ट्रिय पार्टी बनाउने नाममा अध्यक्ष यादवले भट्टराईलाई भित्र्याउनु गलत रहेको आरोप समेत लगाउन थालेका छन् । तराई÷मधेशको मत लिएर पहाडका नेतालाई संसद लगायतका महत्वपूर्ण पदहरुमा राख्न नहुने वहस जसपामा चलेको छ ।
अध्यक्ष यादव पनि भट्टराईलाई ल्याउने निर्णय दीर्घकालीन रुपमा उपयुक्त नभएको महसुस गरेको उनका निकट एकजना नेताले बताए । जसपामा केही महिनादेखि शक्तिको अभ्यास(पावर प्ले)का लागि अध्यक्ष यादव र भट्टराईबीच द्वन्द्व चर्केको थियो ।स्थानीय तह निर्वाचन भन्दा अगावै अध्यक्ष यादवलाई कमजोर बनाउन भट्टराईले प्रयास थालेका थिए ।चुनावको टिकट वितरणमा भट्टराईले संयुक्त हस्ताक्षर हुनुपर्ने माग गरेका थिए ।तर दुवै पक्षले अशोक राईको नाममा सहमति जनाएर टिकटमा हस्ताक्षर गर्ने जिम्मेवारी दिएका थिए । २०७६ साल वैशाख २३ गते भट्टराई नेतृत्वको नयाँशक्ति पार्टी र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकीकरण भएको थियो ।बीचमा राजपासित भएको एकीकरण ९ महिना पूर्व नै विभाजन भएर अलग्गिएको थियो । पार्टी विभाजनको पक्षमा राजकिशोर यादव र महिन्द्र यादव समेत नरहेको बताइन्छ । यसैबीच परिषद्का अध्यक्ष बाबुराम भट्टर ाई र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसंग उपर ाष्ट्रपति भवनमा भेटघाट भएको पनि बताइन्छ ।