वीरगञ्ज – पर्सा प्रहरीले लत्ताकपडा लोड रहेको दुई वटा भारतीय ट्यारक्टर नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय श्रीपुर तथा सशस्त्र प्रहरी वल पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–२५ चण्डालचोक सडकखण्डबाट चेकजाँच गरेको थियो।
चेकजाँचको क्रममा बीआर ०५ जिसी ४०७१ र बीआर ०५ जिए ४३३४ नम्बरको टयाक्टरमा लोड भएको लताकपडाको बिलबिजक शंकास्पद भएकोे पाइएको थियो ।



टयाक्टरसहित लताकपडालाई आवशयक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।




