दिवेश कुमार महतो/ ढल्केवर
लायन्स क्लव अफ जनकपुरधाम र लियो क्लब अफ जनकपुरधाम धनुषा द्वारा मानवसेवा आश्रम जनकपुर शाखामा खाद्यन्न समाग्री सहयोग गरेको छ।
क्वलका अध्यक्ष लायन ई.गोपाल शाहज्यूको अध्यक्षतामा भएको कार्यक्रममा खाद्यान्न समाग्री अन्तर्गत:- चामल १५० केजी,दाल ३० केजी ,चिनी ५० केजी ,तेल १ कार्टुन,चिउरा २५ केजी,भूजा १० केजी ,चाउचाउ १ कार्टुन, विस्कुट १ कार्टुन र कालो चना २५ केजी हस्तान्तरण गरिएको कुरा लियो क्लब अफ जनकपुरधाम का समिति सलामत राईनले बताए।
कार्यक्रममा बृहत्तर जनकपुर विकास परिषदका अध्यक्ष श्री शितल शाह,वरिष्ठ सामाजसेवी एवंम मानवसेवा आश्रमका अभिभावक पवन सिंघानीया , लायन राम बाबु गुप्ता, लगायत लायन परिवारका पुर्व पदाधिकारी सदस्यहरु र लियो क्लब अफ जनकपुरधामका समितिहरुको उपस्थिति रहेको थियो। उपस्थिति अतिथिहरुले नवनिर्वाचित लायन क्लबका पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदैं सबैको मंगल होस्, सबैको कल्याण होस्, सबैको जय होस् । लक्षित उद्देश्य प्राप्तिको लागि भगवानले प्रेरणा प्रदान गरुन् भन्दै समाजसेवामा तत्पर लागि परेका योध्दाहरुलाई धन्यवाद व्यक्त गरेका थिए।
उक्त कार्यक्रमको संचालन मानवसेवा आश्रम धनुषा शाखा संयोजक रिता पोखरेलले गरेको थियो।




