
महोत्तरी(औरही) - औरही नगरपालिका नवनिर्वाचित नगर प्रमुख प्रदिप कुमार खडका विकास निर्माण कार्यमा सक्रिय रहेका छन् । निर्वाचित भएर आएदेखिनै नगरको हितका लागि पुर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आएका उहाँले बजार ढलान,बिधालयमा भवन होस् या सडक निर्माण,सडक ढलान अथवा नाला सरसफाई सबै क्षेत्रको दिगोविकासका लागि सक्रियताका साथ लागि परिरहेका छन् ।
हाल नगरका अधिकांश क्षेत्रमा सडक निर्माण ,नाला निर्माण, नाला सरसफाई लगायतका पुर्वाधार निर्माण कार्य तिव्र रुपमा भइरहेको छ । भ्याए सम्म विकास निर्माण कार्यहरुको अनुगमनमा आफै पुग्ने गरेका छन् ।
सोहि क्रममा आज नगर प्रमुख खडकाले औरही नगरपालिका वडा नं १ स्थित औरही बजारबाट गाउ भित्र जाने सडक निर्माण कार्य गर्दै गरेको अनुगमन गर्नु भएको थियो । त्यहाँको सडक ढलानको अवस्था र कार्य सम्पादनबारे निरिक्षण गर्दै उहाँले मापदण्ड अनुसार सडकको स्तरोन्नतिमा ध्यान दिनुहुन सम्बन्धित उपभोक्ता समिति सँग अनुरोध गर्नु भयो ।
मदेश प्रदेश सरकारको विनियोजित बजेट ५० लाखमा सुरु भएको सडक ढलानको योजनको मापदण्ड अनुसारनै भईरहेको उपभोक्ता समितिका अध्यक्ष कपाल चौधरीले दावि गरे । योजना मौसमले साथ दिए सम्म ३ दिनको समयमै सम्पन्न गर्ने उहाँले प्रमुख खडकालाई बताँउनुभयो ।
उक्त निरिक्षणमा नगर प्रमुख प्रदिप कुमार खडका सहित, वडा नं १ निवर्तमान अध्यक्ष योगी चौधरी,स्थानीय राजनीतिकर्मी,स्थानीय जनता लगायत उपभोक्ता समितिका पदाधिकारीहरु र स्थानीयको उपस्थिति रहेको थियो ।