
जनकपुरधाम- मधेश प्रदेश सरकारको महत्वाकांक्षी योजना छोरी शिक्षा विमा पुनः शुरु भएको छ।
कोरोना महामारीका कारण अवरुद्ध छोरी शिक्षा बिमा आज (असार १९ गते) देखी पुनः शुरु भएको शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चुडामणी फुयालले बताए।
शुरुमा बिमा गरेको प्रभु बैंकसँगको सम्झौता अवधि समाप्त भएपछि रोकिएको बिमा ग्कोबल आईएमैइ बैंकसँग सम्झौता भएलगत्तै शुरु भएको हो।
प्रदेश सरकार र ग्लोबल आइएमई बैंकबीच सम्झौता भएपछि छोरी शिक्षा बिमा पुनः शुरू भएको प्रमुख फुयालले बताए।
सम्झौता पत्रमा प्रदेश सरकारका तर्फबाट शिक्षा निर्देशक फुयाल र बैंकका तर्फबाट ग्लोबल बैंकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गरेका छन्।
२०७८ माघ १ गतेपछि जन्मिएका छोरीहरूका लागि शुरू गरिएको बिमा, २० वर्षपछि ३ लाख दिनेगरी प्रतिबिमा ३७ हजार ४ सय ५७ रुपैया ६० पैसा मधेश सरकारले बैंकलाई दिनुपर्ने सम्झौता पत्रमा उल्लेख छ।
मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रमअन्तर्गत संचालित छोरी शिक्षा बिमाको समुदघाटन राष्ट्रपति विद्यादेवी भण्डारी लें २०७५ फागुन ९ गते गरेकी थिइन्।