जनकपुुरधाम- धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको झन्डै एक करोड नेपाली रुपैयाँ सहित दुईजना पक्राउ परेका छन् ।
धनुषाको जनकनन्दनी गाँउपालिका ५ उदाह बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डललाई आलुको बोरा भित्र आलु संगै राखेर ल्याउँदै गरेको श्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ सहित नियन्त्तणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं. ८ गणले जनाएको छ ।
मंंगलबार दिउँसो जनकनन्दनी १ ईनर्वा चेक प्वाईन्टको सीमा ईलाकामा आलुको बोरामा ल्याउदै गरेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको हो ।
सशस्त्र प्रहरी प्रहरी निरीक्षक शम्भु कटुवालको कमाण्डमा खटेको प्रहरी टोलीले भारतबाट ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरामा राखेर आइ रहेकामा शंकाको आधारमा चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको हो।
आवश्यक अनुसन्धान तथा कारवाहीको लागि दुबैजनालाई नगद र मोटरसाइकल सहित जिल्ला भन्सार कार्यालय जनकपुरमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएके छ ।
हेर्नुहोस् भिडियो कसरी फेला पर्यो आलुको बाेरा भित्र झन्डै एक करोड...




