जनकपुरधाम - जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ स्थित कबर्ड हल एरियामा नगर प्रमुख मनोज कुमार साहको पहलमा जिर्ण सडक तत्काल मर्मत सम्भार गरिएपछि स्थानीयहरु हर्षित भएका छन् ।
नगर प्रमुख साहले आईतवार सो जिणर् सडक खण्डको अनुगमन गरे पश्चात तत्काल मर्मत संभार गरि सुचारु गर्न निर्देशन दिएका थिए ।
जनकपुर ढल्केवर सडक खण्डबाट कबर्ड हल जाने सडक वर्षाको पानीको निकास नहुंदा स्थानीयहरु हिलोमै हिडन बाध्य थिए भने सवारी साधनको आवागमन समेत अवरुद्ध थियो । मंगलवार बिहान ७ बजे बिहान नगर प्रमुख साहको नेतृत्वमा गएको प्राविधिक सहितको टोलीले तत्काल पानीको निकासको व्यवस्था मिलाई सडक सुचारु गराएका थिए ।
नगर प्रमुख साहसतिको टोलीमा उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह , उपमहानगरपालिकाका वरिष्ठ ईन्जिनियर बिरेन्द्र यादव , वडा नं. १३ का वडाध्यक्ष जितु राउन , वडा नं. ९ का वडाध्यक्ष परमेश्वर साह , वडा नं. ९ का वडाध्यक्ष दिनेश सिंह , वडा नं. १४ का वडाध्यक्ष पुण्य प्रताप यादव सहितका प्राविधिकहरुको सहभागिता रहेको थियो ।