धनुषा- जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ स्थित जलाद नदी तटबन्धको निरिक्षण गरेका छन् ।
साहले उपमहानगरपालिका वडा नं. १७ कटरैत स्थित जलाद नदी तटबन्धको बुधवार निरिक्षण गरेका हुन ।

उपमहानगरपालिकाको कटरैत , कनकपटटी, ओसरा, भोईल, तेतरिया, बेलौनी लगायतका क्षेत्रमा नदीको पानी पसी गाउं डुबानमा पर्ने गरेको छ । नदीले कटान गरेको तटबन्धन अबिलम्ब निर्माण गर्ने उनले बताएका छन । सो क्षेत्रका अधिकांश स्थानीयहरु कृषिसंग सम्बन्धित भएकोले पनि सो तटबन्ध निर्माणलाई उपमहानगरपालिकाले जोड दिएको बताए ।
निरिक्षणमा जलश्रोत तथा सिचाई विकास डिभिजन धनुषाका ईन्जिनियर गिरिन्द्र झा , रधाम उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष रामवृक्ष यादव सहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।

यता नगर प्रमुख साहले जनकपुरधाम उपमहानगरपालिकाका वडा नं. १७ स्थित सरस्वती मा.वि.कटरैत र वडा नं. १९ स्थित जनता मा.वि. शिवपुरमा अनुगमन गरेका छन ।

अचानक नगर प्रमुख पठन पाठनको अवस्था वारे बुभ्mन विद्यालय पुग्दा विद्यार्थीहरु खुसी भएका थिए ।




