
महोत्तरी- पूर्वपश्चिम राजमार्गस्थित बर्दिवासमा शुक्रवार अपरान्ह सवारी दुर्घटना हुदा ५ महिलासहित १७ जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ घाईते हुनेमध्ये एकै परिवारका ३ जनासमेत रहेको प्रहरीले जनाएको छ । घाइते अधिकांश बसका यात्रु छन् ।
घाइते मध्ये काभ्रे पांचखाल ६ का ३७ वर्षिय कन्टेनर चालक चन्द्र कुमार श्रेष्ठको अवस्था गभिर छ । ईलाका प्रहरी बर्दिवासका डिएसपी रवि रावलकाअनुसार दुवै गोडा र निधारमा गहिरो चोट लागेको उनलाई सघन उपचारको लागि काठमाण्डौस्थित ट्रमा सेन्टर रेफर गरिएको छ । त्यस्तै धनुषा नगराइन ९ वस्ने ५०वर्षिय बस चालक नित्यानन्दका तथा गौशाला १ का ४२ वर्षिय बसका सहचालक कमान बराईली छन् । उनीहरुको पनि गोडा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते यात्रुमा जनकपुर ३१ का २२ वर्षिया निहा पजियार उनकी २ वर्षिया छोरी र ३१ वर्षिय श्रीमान सरोज परियार छन्। बर्दिवास १४ का ३६ वर्षिय संजय मण्डल र लोहरपट्टी ७ का ८२ वर्षिय शुकर महतो पनि घाइते छन् । गौशाला १ का ७५ का पुरन महतो र उनकी ७० बर्षिया श्रीमती महिन देवी, वडा नं ४ की ३५ वर्षिया नगिना देवी, ४२ का जुगल महतो, ५५ का रामअशिष साह, ३७ का वीरेन्द्र साह र५७ वर्षिया धनमन्ती देवी घाइते छन् ।
त्यस्तै वडा नं ६ का ६६ वर्षिय राजेन्द्र महतो र २९ का सुरेन्द्र चौधरी पनि घाइते भएको प्रहरीले जनाएको छ। शरीरका विभिन्न अंगमा चोट लागेका घाइतेहरुको बर्दिवास स्थित शुभ स्वास्तिक अस्पताल र जनसेवा असपतालमा उपचार चलिरहेको छ। उनीहरुको अवस्था मध्यम र सामान्य रहेको असपताललाई उदृत गर्दै प्रहरीले जनाएको छ । बर्दिबास प्रहरीकाअनुसार गौशालाबाट जनकपुरतर्फ आउँदै गरेको बा३ख २३९६ नंको यात्रु बस र पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा३ख १९२५ नंको कन्टेनर बर्दिवास नपा ४ स्थित जंगली क्षेत्रको पंचधुरा मन्दिर गेटअगाडी आपसका ठक्कर खादा दुर्घटना भएको हो ।
बीच सडकमा दुर्घटना भएको कारण लोक मार्गमा करिव आधा घंटा सवारी आवागमन ठप्प भएको थियो । दुर्घटनालगत्तै घटनास्थल पुगेको प्रहरी, सशस्त्र प्रहरी र ट्राफिकले घाइतेको उद्धार गर्नुका साथै लामो प्रयासपछि सुरुमा एकतर्फि र पछि पुरै सडक सुचारु गराएका थिए।