सांकेतिक तस्बिर
जनकपुरधाम । धनुषाको सुधार केन्द्रमा एक व्यक्तिको मृत्यु भएपछि आफन्त प्रदर्शनमा उत्रिएका छन् । धनुषाधाम नगरपालिका–९ स्थित शुभेच्छा फाउन्डेसन सुधार केन्द्रमा शनिबार (साउन २३) साँझ गणेशमान चारनाथ नगरपालिका–४ का ४० वर्षीय मजिबुल राइनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मधुसूदन न्यौपानेले घटना शंकास्पद देखिएको जानकारी दिए । अस्पताल लैजाँदा राइनको मृत्यु भइसकेको थियो । मृत्युबारे पोस्टमार्टमबाट थप स्पष्ट हुने उनले बताए ।



परिवारको उपस्थितिबिना मुचुल्का गरिएको भन्दै आफन्तले राति सडक अवरुद्ध गरी प्रदर्शन गरेका थिए । त्यसपछि आइतबार (आज) छलफल हुने, आरोपितमाथि जाहेरी दिने र मुचुल्का पुनः गरिने सहमति भएको उनले बताए ।
राइनमाथि कुटपिट गरिएका कारण मृत्यु भएको आफन्तको आरोप छ ।





