ढल्केवर- धनुषाको मिथिला नगरपालिकाले करारमा कार्यरत कर्मचारी हटाउने निणर्यलाई उपमेयर सहितका बहुमत जनप्रतिनिधिले भत्सना गर्दै कर्मचारी हटाउने कार्यको विरोध गरेका छन् ।
उपमेयर सुनिता सिंह बुढाथोकी सहित अधिकांश वडाका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले नगरप्रमुख महेन्द्र महतोलाई आज एक ध्यानाकर्षण पत्र बुझाउँदै कर्मचारी हटाउने निणर्यको घोर भत्सर्ना गरेको उल्लेख गरेको छ ।



ध्यानाकर्षण पत्रमा मिथिला नगरपालिकाको मेयरको ठाडो मौखिक आदेश र मिथिला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा सेवामा रहेका नगरपालिकाको कर्मचारीहरुलाई हटाउने कार्य विधि तथा प्रक्रिया सम्मत नभको उल्लेख गरिएको छ।
कर्मचारी दरबन्दीको व्यवस्थ नगर कार्यपालिकाले गर्नु पर्ने साथै विगतका दिनमा करारको म्याद थप गर्ने वा नगर्ने भन्ने निणर्य कार्यपालिकाको बैठकबाट गराउने विधि हुँदाहुँदै उक्त विधिलाई पालना नगरी कार्यपालिकाको नियमित बैठक समेत नराखी छलफल नै नगरी हटाइएको कार्य प्रति गम्भिर असहमती रहेको हुँदा कर्मचारीको म्याद थप्ने वा नथप्ने विषय कार्यपालिकाको बैठक बस्ने अवधि सम्म निजहरुलाई सेवामा हाजिर हुने व्यवस्था गरिदिन ध्यानाकर्षण पत्र मार्फत आग्रह गरिएको छ।
ध्यानाकर्षण पत्रमा त्यसो नगरिए नगरपालिकाको विधि एवं पद्धतिका लागि गम्भिर निणर्य लिन बाध्य हुने समेत चेतावनी दिइएको समेत उल्लेख गरिएको छ।






