
धनुषा- अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्धारा स्थापित मानव अधिकार सहायता कक्षद्धारा सिन्धुली जिल्ला गोलञ्जोर गाउँपालिका–२ घर भई जनकपुरधाम उपमहानगरपालिका–९ रजौलमा बस्दै आएकी २२ वर्षीया राधिका कार्कीको जेठ १४ गते करेन्ट लगाएर हत्या प्रयास घटनाका पिडितलाई साउन ६ गते नगद दश हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।
इन्सेक मधेश प्रदेश संयोजक समेत रहनुभएका मानव अधिकार सहायता कक्षका संयोजक राजु पासवान, राष्ट्रिय मानवअधिकार आयोग मधेश प्रदेशका मानवअधिकृत मनमाया राणा मगर, महिला मानवअधिकार संजाल धनुषा अध्यक्ष अधिवत्ता रेखा झा, ओरेकका सेफ हाउस इन्चार्ज रागिनी मिश्रलगायतको टोलीले आर्थिक सहायता प्रदान गरेको इन्सेक कार्यक्रम फोकल पर्सन बरुण बस्यालले जानकारी दिनुभयो ।
गम्भिर घाइते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत कार्कीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएका छन् । विपन्न परिवारको कार्कीको स्वास्थ्य उपचारमा समस्या भएपछि मानवअधिकारकर्मीहरुको टोलीले उहाँको उपचार अस्पतालबाट निःशुल्क उपलब्ध गराउन अस्पताल प्रशासनसंग माग गरेका थिए ।
मानव अधिकारकर्मीहरुको टोलीले पीडितकी आमा अम्बिका कार्कीलाई नगद १० हजार रुपैया उपलब्ध गराएको हो । पीडित कार्कीको थप उपचारको लागि साउन ६ गते काठमाण्डौं रेफर गरिएको छ ।