
जनकपुरधाम- पूर्व युवराज्ञी हिमानी शाहले आज साँझ जनकपुरधाम स्थित जानकी मन्दिरमा पूजा अर्चना गरेकी छिन् ।

जानकी मन्दिर प्रशासनले पूर्व युवराज्ञी हिमानीको स्वागतका लागि मन्दिर झिलीमिली बत्तिले झकिझकाउ बनाउनुको साथै रेड कार्पेट ओछ्याएर उनको स्वागत गरेका थिए ।

हिमानी ट्रष्टले भोली सोमवार आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी जनकपुरधाम आएकी हुन्।

हिमानी ट्रष्टले सोमवार जनकपुरधामको सकल भवन कन्या मावि स्कुलमा खानेपानी सम्बन्धि सामाग्री (वाटर फिल्टर) वितरणका लागि एक कार्यक्रमको आयोजना गरेको छ।

यस अघि पूर्व युवराज्ञी हिमानी शाहलाई जनकपुर विमानस्थलमा समेत भव्य स्वगत गरिएको थियो ।

यता जनकपुरमा हिमानीको स्वागतपूर्व राष्ट्रवादी नागरिक समाज धनुषा ले राजा आउँ देश बचाउ ,हिन्दू राज्य कायम गर लगायतका प्लेकार्ड बोकि जनकपुरमा परिक्रमा गरेका थिए । उनको भोली नै काठमान्डौ फर्किने कार्यक्रम रहेको छ ।









