
गठबन्धन भित्र भएका सबै बामपन्थी पृष्टभूमीका समूहसंग पार्टी एकताको कुरा चलिरहेको छ : प्रचण्ड
जनकपुरधाम- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भित्र भएका सबै बामपन्थी पृष्टभूमीका समूहसंग पार्टी एकताको कुरा चलिरहेको बताएका छन् ।
शनिबार सर्लाहीमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष प्रचण्डले जनकपुरधाम विमान स्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै गठबन्धन भित्र भएका सबै बामपन्थी पृष्टभूमीका समूहसंग पार्टी एकताको कुरा चलिरहेको र छिटै नतिजामा पुग्ने बताए ।

जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई समुह फुटिसकेको र औपचारीकता मात्र बाँकी रहेको भन्दै उनले दुबै पक्षसँगसमेत छलफल चलिरहेको बताए । बाबुरामजीले बनाउने अर्को पार्टी पनि गठबन्धनमै रहने भएकोले उहाँसंग समेत एकताको विषयमा कुरा भएको अध्यक्ष प्रचण्डले बताए ।
प्रचण्डले वर्तमान सदनबाट नागरिकताको समस्या सदाका लागि अन्त्य हुने आफुले भनेको कुरा आज सत्य भएको बताए
प्रचण्डले यस अघि आफुले जनकपुरधाममै आउने सदनबाट बाउआमा नेपाली नागरिक भएकाको सन्तानलाई नागरिकता लिन अव कुनै समस्या नरहने गरि समस्या सामधान हुने भनेको कुरा आज सत्य सावित भएको बताए ।
नागरिकता विद्ययेक पारित भएपछि आज पुन: जनकपुरधामबाटै यो कुरा भन्न पाउँदा आफुलाई खुसी लागेको र मधेशको लागि समेत खुसीको कुरा भएको उनले बताए ।
अध्यक्ष प्रचण्डले हिजो सदनबाट पारित भएको नागरिकता विधेयक चाँडै कार्यान्वयनमा आउने र लाखौं मधेशी जनतालाई ठुलो राहत मिल्ने बताए ।