धर्मेन्द्र कुमार यादव,महोत्तरी।करिब एक बर्ष पहिले आफ्नो घरबाट डोलीमा बिदा गरेका निसा यादवलाइ उहाको बुवा कालो बोरामा बाधिएको अवस्थामा घर ल्याइ अन्तिम संस्कार गरेका हुन।
दहेजको लोभमा निसाको श्रीमान, ससुरा र देवरले करिब १ महिना १६ दिन पहिले हत्या गरी आफ्नै खेतमा गाडेका थियो। हत्या आरोपमा श्रीमान सहित तीनजना लाई प्रहरीले नियन्त्रणमा लिएका थिए।
मैले आफ्नो छोरीलाइ डोली मा बिदा गरेका थिए तर आज बोरामा ल्याउनु परेको छ, निसाको हत्या गर्ने श्रीमान, ससुरा र देवरलाइ फासीको सजाय समेत माग उहाको बुवा कैलाश यादवले गरेको छ।
हत्या गरि गाडेको अवस्थामा लास फेला पारे पछी पोस्टमार्ट गरी शनिवार पैतृक गाउमै बोरामा ल्याएर अन्तिम संस्कार गरेका हुन। अन्तिम संस्कार गरिएको बेला त्याहा पुगेका सबैको आखामा आँसु देखिएको थियो।
जिल्लाको पर्सा गाउँपालिका १ सितलपुर बस्ने बालदत्त भन्ने रमजेश कुमार रायको श्रीमती २० वर्षीया निशा यादवको हत्याको आरोपमा श्रीमान सहित ससुरा राम प्रताप राय र देवर राजु यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गत जेठ २२ गते रातिदेखि आफ्नो घरबाट हराएकी निशाको शुक्रवार बिहान गाडिएको अवस्थामा शव फेला परेको थियो ।
घरबाट निशा बेपता भएपछि सोनमा गाउपालिका ६ मगरथाना बस्ने उहाको बुवा कैलाश रायले छोरी हराएको भन्दै जेठ २३ गते प्रहरीमा खोजतलाशका लागि प्रहरी कार्यालयमा निवेदन दिएका थिए । प्रहरीमा निवेदन परेपछि खोजतला गर्ने क्रममा घर परिवार तथा शंकित प्रविधियुक्त बिश्लेषण गर्ने क्रममा निशाको घर परिवारको सदस्यहरु माथि शंका लागि श्रीमान, ससुरा र देवरसँग घटनाको सम्बन्धमा बास्तविक बुझ्ने क्रममा उनीहरुले हत्या गरेर गडेको खुलेको प्रहरीले जनाएका छन्।तीनैजनाले निशाको हत्या गरेर घरदेखि करिव ४ किलोमिटर पूर्व उत्तर तर्फ रहेको आफ्नै खेतमा खाल्डो खनी निशाको लाश पुरेको बयान दिएको जिल्ला प्रहरी
कार्यालय सर्लाहीका सूचना अधिकारी ले जनाएको छ।
शुक्रवार विहान तिनीहरुको बयानको आधारमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक प्रवीण
पोखरेल सहितको टोली आरोपितले देखाएको स्थानमा धान रोपेको खेतको आली छेउमा ६ फिट भन्दा बढी गहिराईसम्म खाल्डो खन्दा जलेको अवस्थामा निशाको शव फेला परेको प्रहरी नायव उपरीक्षक यादवले बताए ।
हत्या बारे थप व्यक्तिहरुसँग सोधपुछ तथा छानबिन भइरहेको प्रहरी नायव उपरीक्षक विजय यादवले बताए ।




