महाेत्तरी(औरही)- महोत्तरीबाट निषेधित लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलि दुधौलि नगरपालिका १० बस्ने बर्ष २७ को प्रदिप सेन्चुरी, निजकै श्रिमति बर्ष २६कि दिलमाया भुजेल, बर्ष २२ को बिशाल सेन्चुरी रहेका छन्।
विशेष सुचनाको आधारमा औरही नगरपालिका ४ कठुधार अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा शँका लागि चेकजाँच गर्दा उनिहरूकाे साथबाट NITRAVET-10 लेखिएको ९९ पिस ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई महोत्तरी जिल्ला अदालत जलेश्वरबाट लागु औषध मुद्दामा दिन ५ (पाँच)म्याद थप गरी ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरीले थप अनुसन्धान सुरू गरेको छ।