
धनुषा- जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ स्थित हर्दिनाथको शाखा नहरको निरिक्षण गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले मंगलवार उतm नहरको निरिक्षण गरेका हुन । मर्मत सम्भारको अभावमा जिणर् भएको नहरमा सिचाईका लागि पानी नआउंदा किसानहरु दिन्हु नहर संचालनका लागि उपमहानगरपालिका धाईरहेका थिए ।

नगर प्रमुख साहको पहलमा नगरको मर्मत सम्भार शुरु गरिएको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ का वडाध्यक्ष विनोद कुमार साहले बताएका छन । उनले भने नहर सुचारु भएपछि वडा नं. १९ का किसानहरु लाभान्वित हुने छन । पानी नपर्दा धानबाली सुक्न लागेको समय नहर मर्मत भएपछि स्थानीयहरु खुसी भएका छन ।
नहरमा पानी आएपछि सिचाईमा सुगम हुने स्थानीय किसान भैरला राईनले बताएका छन । उनले भने नहर मर्मतका लागि लामो समयदेखि पहल गर्दै आएका थियौ । नगर प्रमुख आफै गएर नहर मर्मत संभारको अनुगमन गरेको देख्दा निकै नै खुसी लागेको स्थानीय किसान विजय यादवले बताए ।