
बर्दिवास- महोत्तरीमा प्रहरीले अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गरिरहेका ३ वटा साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लाको गौशाला नगरपालिका अन्तर्गत वाँके खोलामा गिट्टी, वालुवा उत्खनन गरिरहेका २ टिपर र १ वटा जेसिवि प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी कान्तिवजारवाट खटिएको प्रहरी टोलीले अवैध उत्खनन गरिरहेको साधनहरु नियन्त्रणमा लिएर गौशाला नगरपालिकालाई बुझाएको छ ।