धनुषा- धनुषाको बिरेन्द्र बजारमा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एक महिलासहित चार जनाको मृत्यु भएको छ। अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेहरूमा गणेशमान चारनाथ नगरपालिका १ भरतपुरका अन्दाजी ४० वर्षीय रिक्साचालक डम्बर राई, यात्रुहरु स्थानीय अन्दाजी ४० वर्षीय धनबहादु पुर्वछाने मगर, ३५ वर्षीय
सम्भु पुर्वछाने मगर र ३५ वर्षीय निशा मगर रहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । दुर्घटनामा पर्नेमा रिक्साचालक बाहेक अन्य सबै एकै परिवारको रहेको बुझिएको छ।
प्रहरी निरीक्षक तोसीका अनुसार शनिबार साँझ करिब ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका वार्ड नं १ वीरेन्द्र बजार स्थित बिराटनगर धनगढी जाँदै गरेको सु.प्र ०१-००१ ख ३२८८ नम्बरको बसले विपरी दिशाबाट आउँदै गरेको प्रदेश २-०१-००१ ह १२३० नम्बरको अटोलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा १४ वर्षका सितल मगर र
९ वर्षका रोशन मगर गम्भीर घाइते भएका छन् । उनीहरूको जनकपुरधाम स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।




