
काठमाडौं। कोसीमा बढेका बहाव घटने क्रममा छ। अहिले ब्यारेजका ३२ वटा ढोका खोलिएको छ। गएराति राति ८ बजेपछि बहाव घट्न शुरु भएको हो।
शनिबार राति ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर २ लाख २४ हजार ७ सय ३५ क्युसेक प्रतिसेकेन्डका दरले पानीको बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ।
शनिबार दिउँसोबाट बहाव बढ्दै साँझ ६ बजे २ लाख ३१ हजार ९ सय २० क्युसेक मापन गरिएको थियो। अहिले बहाव घटिरहेको भए पनि पहाडी जिल्लामा अत्यधिक वर्षा भएकाले बहाव बढ्न सक्ने अनुमान गरिएको छ।