बिबेक कुमार महतो, गौशाला । महोत्तरीमा शनिदेव महाराजको विशाल कलश शोभायात्रा निकालिएको छ ।
गौशाला नगरपालिका वडा नं. ११ कालिपुरमा रहेको शनिदेव महाराजको मन्दिरको स्थापनाको एक वर्ष पुरा भएको अवसरमा आज करिब हजारैको संख्यामा विशाल कलश शोभायात्रा निकालिएको छ ।
गौशाला नगरपालिकाको विभिन्न क्षेत्र परिक्रमा गरी गौशाला नगरपालिका – १० र ५ को बिचमा रहेको माण्डवी गंगाको तटमा पुगि भक्तजनहरु पवित्र जलसहितको कलश पूर्ण शनिदेव मन्दिरको प्राङ्गणमा राखिएको छ ।
गतबर्ष भन्दा यसबर्ष कलश स्थापनामा वृद्धि भएको मन्दिरका पुजारी मोहन महतोले बताएका छन् । उक्त विशाल कलश शोभायात्रामा नेपाल सहित छिमेकी राष्ट्र भारतका दिल्ली,पटना लगाए विभिन्न ठाँउबाट श्रद्धालुहरु विशाल कलश शोभायात्रामा सहभागी भएका थिए ।




