महोत्तरी - चर्को व्याजमा ऋण लगानी गरेर ठगी गरेको आरोप लागेका सञ्जय साह रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि महोत्तरीको बर्दिबासबाट पक्राउ परेका ५२ वर्षीय रौनियारलाई त्यहाँबाट जिल्ला प्रहरी कार्यालय सर्लाही ल्याइएको हो । ब्रह्मपुरी गाउँपालिका–४,त्रिभुवननगर निवासी रौनियारविरुद्ध ठगी आरोपमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकोछ ।
रौनियारले मिटरब्याजमा ऋण लगानी गरेर सयौँ सर्वसाधारणलाई बिल्लीबाठ बनाएको गुनासो वर्षौँ अघिदेखि आइरहेको थियो ।सो गुनासोसहित प्रहरीमा उजुरी नै परेपछि लामो समयसम्म भारतमा लुकिछिपी बस्दै आएका रौनियारलाई प्रहरीले यो पटक भनेपक्राउ गर्न सफल भएको हो ।
आइतबार आज सर्लाही जिल्ला अदालतबाट ६ दिन म्याद लिएर रौनियारमाथिको अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीका निमित्त प्रमुख डिएसपी विजय यादवले बताए ।
पछिल्लो समय मधेशका जिल्लामा घर व्यवहार धान्न मिटर ब्याजमा ऋण लिने विपन्न वर्गका मानिसहरू ऋण बुझाउन नसक्दा बिल्लीबाठ हुने क्रम बढेको छ ।




