धनुषामा १२ हजार १९४ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका अनुसार धनुषामा विगत डेढ महिनाको अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् ।
स्थानीय तहको निर्वाचनपश्चात २०७९ असार १ गतेदेखि साउन १९ गतेसम्म निर्वाचन आयोगले सङ्कलन गरेको फोटोसहितको मतदाता नामावलीमा छ हजार नौ सय ९८ पुरुष र पाँच हजार १९ महिला मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णचन्द राउतले जानकारी दिए । जिल्ला बाहिरका तीन सय १२ पुरुष र एक सय ३८ महिला मतदातासमेत थपिएका छन् ।
गत वैशाख ३० गतेसम्म स्थानीय तह निर्वाचनमा धनुषामा चार लाख ६७ हजार तीन सय ८८ मतदाता थिए ।


