बहुप्रतिक्षित बलिउड फिल्म लालसिंह चड्ढा’ र ‘रक्षाबन्धन’ नेपाली हलमा रिलिज भएका छन्। फ्राइडे रिलिजको परम्परा तोड्दै दुवै फिल्म आजै (बिहीबार) रिलिज भएका हुन्।
जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वको छेकोमा आमिर खानको ‘लालसिंह चड्ढा’ र अक्षय कुमारको ‘रक्षाबन्धन’ रिलिज भएका हुन्। यो अरू साता हलिउड र नेपाली फिल्म प्रदर्शन हुने छैनन्।
‘लाल सिंह चड्ढा’मा आमिर र करिना कपुरको मुख्य भूमिका छ।
भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको हत्यादेखि अन्ना हजारेको भ्रष्टाचार आन्दोलनसम्मको राजनीतिक घटनाक्रमको पृष्ठभूमिमा बनेको यो फिल्मले एउटा पात्रको आन्तरिक यात्राको कथा समेत पेश गर्छ। किरण रावले निर्देशन गरेको फिल्ममा शाहरुख खान र नागा चैतन्यले पनि केमियो भूमिका निर्वाह गरेका छन्।
रक्षाबन्धनमा अक्षयकुमार र भूमि पेड्नेकरको मुख्य भूमिका छ। दाजुबहिनीको सम्बन्धको कथा पेश गर्ने फिल्मलाई आनन्द एल रायले निर्देशन गरेका हुन्।




