महोत्तरी- गौशालामा लुकाई छिपाई राखेको काठ गोलिया बरामद गरिएको छ।
वर्दिवास माईस्थान शसस्त्र वन सुरक्षा शाखा तथा बाँके सब डिभिजन बन कार्यालय माईस्थान र बाँके मरहा साझेदारी बन उपभोक्ता समिति समेतको संयुक्त टोलीले गौशाला नगरपालिका ३ नवराजपुर अन्तर्गतको पचाईन टोलको उत्तरमा रहेको बगैचाबाट तस्करी गर्न राखिएको १५ थान करिव सय क्युफिट सालको गोलिया बरामद गरि नियन्त्रणमा लिएको छ ।
त्यस्तै विशेष सुराकीको आधारमा गौशाला नगरपालिका ११ दिपुटोल जाने बाटोमा खेतमा लुकाई छिपाई राखेको अवस्थामा सालको गोलियाहरु बरामद गरेको हो ।
बाँके सब भिडिजन बन कार्यालय माईस्थानका वन अधिकृत नविन यादवले बन क्षेत्रमा गस्ती बढाइएको बताउदै यसै महिना सयौ क्युफिट गोलिया बरामद गरिरहेको बताए ।
उनले वन सुरक्षाको लागि टोली निरन्तर परिचालन भैरहेकोमा त्यसको सकारात्मक नतिजा आईरहेको बताए।उनले विगतमा वन फडानी अत्यधिक हुने गरेकोमा हाल बन सुरक्षा कडा पारिएपछि तस्करहरु बिस्तारै घटन थालेको बताए ।
तर अझै बनमा काठ गीतिका को चोरी निकासी पुर्ण रुपमा बन्द नभईसकेको अवस्थामा सुरक्षा टोलीहरुले निरन्तर गस्ती गरिरहेको बताए ।




