काठमाडौं - नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ। सांसद समेत रहेका नेता गिरीको ७५ वर्षको उमेरमा आज शनिबार बेलुका निधन भएको हो ।
लामो समयदेखि विरामी रहेका गिरीको हाल ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचार भैरहेको थियो ।
अस्पताल स्रोतका अनुसार उनको शनिबार राति ९ः ३६ मा निधन भएको हो । उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो ।
परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालिएको थियो ।




