महोत्तरी- आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन लाई लक्षित गर्दै जनता समाजवादी पार्टी नेपालले महोत्तरी निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार सिफारिस गरेको छ ।
क्षेत्रीय अध्यक्ष धिरेन्द्र यादवको अध्यक्षतामा शुक्रवार अबेर सम्पन्न अगुवा कार्यकर्ता भेलाले प्रतिनिधि सभा र प्रदेश सभाका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फको उम्मेदवार सिफारिस गरेको छ ।
भेलाले महोत्तरी क्षेत्र नं. २ को प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ शिवचन्द साह को एकल नाम सिफारिस गरेको छ भन्ने समानुपातिक तर्फ उपेन्द्र कु· यादव , गुड्डु दास, विमा यादव, सरोज देवि झा र पवित्री साह को नाम सिफारिस गरेको छ ।
त्यसै गरि प्रदेश सभा क मा प्रत्यक्ष तर्फ धर्मेन्द्र साह, मुकेश कुमार यादव, राजनारायण यादव, डा. करमेन्द्र यादव, सुदिष्ट कुमार यादव किसुन देव यादव, तथा समानुपातिक तर्फ गीता साह, योगेन्द्र यादव, नगिना सदा , मोफिद नदाफ, सफिना खातुनको नाम सिफारिस गरेको छ ।
यता प्रदेश सभा "ख" मा प्रत्यक्ष तर्फ नागेन्द्र प्रसाद यादव , सूर्यनारायण पूर्बे, आतिस मिश्रा , मुर्ली यादव र सामुनिपातिक, दिनेश प्रसाद साह, संजित पासमान, मनिर अहमद, भारति कुमारी साह , सुभान नदाफ ,सुशिल कुमार यादव ,कमलेश कुमार यादबको नाम सिफारिस गरेको छ ।
भेलाले भदौ मसान्तसम्म वडा कमिटीहरुको गठन पुनर्गठन गरि वडा कार्यालयको स्थापना गर्ने निर्णय समेत गरेको छ ।