धर्मेन्द्र कुमार यादव/महोत्तरी,
सोनमा गाउपालिकामा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास ब्यबस्थापनको लागी एक दिने छलफल तथा अन्तरकृया कार्यक्रम आइतवार सम्पन्न भएको छ।
गाउपालिकाको शभाहलमा गरिएको कार्यक्रममा भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास ब्यबस्थापन गठन प्रकृया, छनौट प्रकृया, मापदण्ड बारे छलफल तथा अन्तरकृया गरिएको थियो।

आजको अन्तरकृया कार्यक्रमबाट सबैको मनमा रहेका अन्यौल हटेको र अब सुकुम्बासी छनौट गर्न सहज भएको गापा अध्यक्ष बिशेश्वर प्रसाद यादवले बताए।

राष्ट्रीय भुमी आयोग जलेश्वरको आयोजनमा भएको कार्यक्रममा सोनमा गाउपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादव, उपाध्यक्ष जहिदा खातुन, प्रमुख प्रशासकिय अधिकृत शम्भु यादव, नापी शाखा जलेश्वरका प्रमुख राकेश झा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, वडा सचिवहरुको उपस्थिती रहेको थियो।




