दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवी र बलिउड सुपरस्टार सलमान खान फिल्म सुटिङका लागि नेपाल आउने भएका छन्। यी दुवै अभिनेता आगामी सेप्टेम्बरमा फिल्म 'गडफादर'को सुटिङका लागी नेपाल आउने भएका हुन्।
सो फिल्मको निर्माण टिमको एक टोली नेपाल आएर उनीहरूले सुटिङ गर्न चाहेको जोमसोम क्षेत्रको अवलोकन गरिसकेको छ। अवलोकन टिममा भारतीय र दक्षिण भारतीय फिल्म उद्योगमा संलग्न राजेन्द्र घिमिरे समेत संलग्न छन्। उनी नेपाल नुवाकोटका हुन्।
धेरै पढिएको
अभिनेत्री निताको विवाहमा आशीर्वाद दिन गएका आफन्त चित्त दुखाएर….
'ब्लाइन्ड डेट' को निर्माण टिमले दर्शकलाई यसरी उल्लु बनायो
पलले सेलिब्रिटीमाझ ल्याएको फसाद : नबोल्दा नि सुख नपाउने,….
गडफादरमा लाइन प्रड्युसरका रूपमा संलग्न घिमिरेका अनुसार चिरञ्जीवी र सलमान दुवै नेपाल आउनेछन्।
'फिल्म निर्माण टोलीले जोमसोम एयरपोर्ट क्षेत्र मन पराएपछि टोली पुगेर सबै हेर्यौँ। निर्माण टिमले लोकेसन मन पराइसकेका छन्। नेपालमा सुटिङ हुने फिक्स भयो' उनले उकेरासँग भने।
घिमिरेका अनुसार चिरञ्जीवी र सलमान सुटिङका लागि तीन दिन जोमसोममा बस्नेछन्। टिम सेप्टेम्बरमा नेपालमा आउने पक्का भए पनि मिति भने तय भइसकेको छैन।
'म भोलि भारत जाँदै छु। सेप्टेम्बर पक्का छ। सुटिङको सेड्युल हेरेर दिन फिक्स हुनेछ,' उनले भने।
यस अगाडि भारतीय अभिनेता अमिताभ बच्चनले जोमसोम क्षेत्रमा फिल्म सुटिङ गरेका थिए।
फिल्म गडफादरमा दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवीको लिड रोल छ भने सलमान खानले उनको भाइको भूमिकामा अभिनय गर्दै छन्। केही दिन अगाडि चिरञ्जीवीको जन्मदिन पारेर 'गडफादर'को टिजर सार्वजनिक भएको थियो। फिल्ममा नायिका नयनतारा समेत मुख्य भूमिकामा छिन्। फिल्मको टिजर पुरै एक्सन प्याक्ड देखिएको थियो। फिल्म ५ अक्टोबर २०२२ मा रिलिज हुँदैछ।