जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि धनुषाको सवै निर्वाचन क्षेत्रको लागि उम्मेदवार सिफारिस गरेका छन् ।
जसपा नेपाल धनुषाको सबै निर्वाचनमा उम्मेदवार छनौट बिस्तारित बैठक बाट प्रत्यक्ष र समानुपाति तर्फको लागि उम्मेदवारहरुको नाम सिफारिस गरिएको जानकारी जसपाका नेता तथा मधेस प्रदेशका पूर्व मन्त्री ज्ञानेन्द्रकुमार यादवले दिए ।
धनुषा निर्वाचन क्षेत्र नम्वर १ वाट प्रतिनिधिसभाकालागि दीपक कार्कीको नाम सिफारिस गरिएको छ भने १ को ‘क’ वाट सुकेश्वर यादव र व्रम्हदेव महतोलाई सिफारिस गरिएको छ। त्यस्तै ‘ख’ वाट सुरेन्द्रकुमार मण्डल, बेचन महतो, चन्देश्वर महतो र रामनरेश महतोलाई सिफारिस गरिएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा छनौट गरेका उम्मेदवारहरुमा प्रतिनिधि सभा तर्फ बलराम महतो, सुर्य चन्द्र यादव, गजाधर रोहिता, देब कृष्ण मण्डल र राम शंकर पासवानलाई सिफारिस गरिएको छ भने प्रदेशसभाको ‘क’ तर्फ शैलेन्द्र प्रसाद यादव,अरुन सिंह मण्डल र पशुपति यादवलाई उम्मेदवारको रुपमा अगाडि सारिएको छ ।
त्यस्तै ‘ख’ तर्फ राम अशिष यादव, राम अशिष रोहिता, बरुण यादव र देवेन्द्र यादवलाई छनौट गरिएको छ ।
त्यसैगरि जसपा नेपाल धनुषा क्षेत्र न. ३ बाट प्रत्यक्ष तर्फ प्रतिनिधिसभाको लागि ४ जनाको सिफारिस गरिएको छ । प्रतिनिधिसभाकालागि लाल किशोर साह, जितेन्द्र कुमार यादव, विजय कुमार भगत र सर्वजित ठाकुरलाई सिफारिस गरिएको छ।
त्यस्तै प्रदेश सभा ३ को ‘क’ को लागि ३ जना अशोक कुमार यादव, प्रेम चन्द्र झा, जितेन्द्र कुमार यादव तथा प्रदेश सभा ३ ‘ख’ को लागि ३ जनालाई छनौट गरिएको छ जसमा अम्भु प्रसाद साह, विष्णुदेव साह र नवीन यादवको नाम प्रस्ताव गरिएको छ ।
त्यस्तै जसपा धनुषा निर्बाचन क्षेत्र ४ को उम्मेदवार पनि छनौट गरिएको छ । जसमा प्रतिनिधिसभाकालागि महाजन यादव र बलराम महतोको नाम प्रस्ताव गरिएको छ ।
निर्वाचन क्षेत्र नं. ४ को ‘क’ वाट शेष नारायण यादव, बजरंग कुमार यादव, हरि नारायण यादव, बृज कुमार यादव, ज्ञानेन्द्र यादवको नाम सिफारिस गरिएको छ भने ४ को ‘ख’ तर्फ दिनेश कुमार यादव र राम नरेश महतोकाम सिफारिस गरिएको छ ।
त्यस्तै प्रदेश तर्फ समानुपातिक तर्फ उर्मिला साह, घनश्याम यादव, चमेलि देबि र सुनिता महरा सहित १४ जना र समानुपातिक प्रतिनिधिसभा तर्फ बिन्देश्वर यादव, मो साबिर राइन, प्रमिला दास सहित ६ जना रहेको जनाइएको छ ।




