
सुर्खेत- सुर्खेतमा हाइलक्स गाडी दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । छिन्चुबाट सुर्खेततर्फ गइरहेको वाग्मती प्रदेश ०१० च ९२१३ नम्बरको डबल क्याब हाइलक्स गाडी विरेन्द्रनगर नगरपालिका ११ को झुप्रा खोलामा सडकबाट खसेको हो ।
दुर्घटनामा सुर्खेतका चालक सागर शाही, दैलेखको डुङ्गेश्वरका दिपेशजंग शाही, दैलेखकै भगवतीमाइका बबिन शाही र गुराँस गाउँपालिकाका राजेन्द्र बीसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दैलेखको भैरवीका विरेन्द्रराज शाहीको उपचार भइरहेको छ ।