जनकपुरधाम -नेपाली महिलाहरुको महापर्व हरितालिका तीज तथा चौरचनको अवसरमा धनुषाको बटेश्वर गाउँपालिकामा आयोजित प्रदेश स्तरीय तीज नृत्य प्रतियोगिताको प्रथम उपाधी मोरङको बिराटनगर नृत्य टिमले जितेको छ ।
चारै राउन्डमा उत्कृष्ट रोमाञ्चक नृत्य प्रस्तुत गर्दै बिराटनगर टिमले प्रथम पुरस्कार ५० हजार नगर र सिल्ड जित्न सफल भएको हो ।
स्थानीय शिवशक्ति यूथ क्लवको आयोजनामा भएको सो प्रतियोगिताको दोस्रो पुरस्कार नगद २५ हजार नगद र सिल्ड सिरहाको भिजन टिमले जितेको छ । तेस्रो पुरस्कार नगद ५ हजार महोत्तरीको रंगदर्पण नृत्य निमले जितेको हो ।
चारै राउन्डमा दोस्रो भएको सिरहा भिजन टिमले जनचेतनामूलक नृत्य प्रस्तुत गर्दै दर्शकलाई भावुक बनाएका थिए । तेस्रो भएका रंगदर्पण टीमले कलासंस्कृति झल्काउने तथा दाइजो प्रथा सम्बन्धि मार्मिक नृत्य प्रदर्शन गराए दरेशक झुमाएको थियो ।
सातवटा टिम सहभागी प्रतियोगितामा सिन्धुलीको भिमान नृत्य टिम चौथो स्थान हासिल गरेको छ ।
उत्कृष्ट स्थान हासिल गर्ने टिमहरुलाई कार्यक्रमका बरिस्ठ अतिथि समाजसेवी राजकुमार मण्डल, बटेश्वर गाउँपालिका प्रमुखका प्रत्यासी श्यामसुन्दर महतो, आयोजक क्लवका प्रमुख सल्लाहकार गणेश साह, स्थानीयनगरिक समाजका अगुवा दिलीप लामा, पदम लामा र रामपुकार महतोले पुरस्कार, शिल्ड तथा प्रमाणपत्र वितरण गरेका छन् ।




