जनकपुरधाम । धनुषाको बसही पुलबाट कार खोलामा खसेको छ। मिथिला नगरपालिकाअन्तर्गत ढल्केवर नक्टाझिजनेर दुर्घटना भएको हो।
प्र २- ०२-००१ च ९४९ नम्बरको कार दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। कार भने क्षतिग्रस्त भएको छ। पाँच जना सवार कारमा १ जना सामान्य घाइते भएका छन्। एयर ब्यागको सिस्टम भएको कार भएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
कार चालक जनकपुर-४ का २० वर्षको कृष्ण चौधरी घाइते भएका छन्। उपचार जनकपुरको गोदावरी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। अन्य चार भने सुरक्षित रहेका जनाइएको छ।
यो पुल ३-४ वर्षदेखि निर्माणाधीन छ। ढिलो र सुस्त गतिमा पुल निर्माणको काम भइरहेको र त्यहाँ कुनै पनि सुरक्षा मापदण्डको व्यवस्था मिलाइएको छैन।
https://www.youtube.com/watch?v=ULQbG62NZ60
https://www.facebook.com/shirishnews2020/videos/4947891558603314




