
महाेत्तरी- गाैशालामा प्रहरीले १६ थान मोबाईल फेला पारी सम्बन्धित धनिहरुलाई बुझाएकाे छ । मंगलबार ईलाका प्रहरी कार्यालय गौशालाले १६ थान मोबाईल फेला पारी सम्बन्धित धनिहरुलाई बुझाएकाे हाे ।
ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षक रजन मिश्रका अनुसार महोत्तरीमा बिभिन्न मितिमा बिभिन्न स्थानहरुबाट हराएको मोवाईल फोन भनि प्राप्त भएका निवेदनको सम्बन्धमा यस कार्यालयबाट खोजतलास गरी यस ईलाका लगायत पर्सा, बारा, सर्लाही, जनकपुर लगायतका जिल्लाहरुमा चलाईरहेको अवस्थामा १६ थान स्मार्ट फोनहरु फेला पारी आज (मंगलबार) सम्बन्धित मोवाईल धनिहरुलाई बुझाईएका छन् ।

जसमा GE khabar महाेत्तरीका समचारदाता नरेन्द्र महताे, वडा नम्बर १ का अजय कुशवाहा, वडा नम्बर २ का विरेन्द्र कुमार सिंह, वडा नम्बर ३ का दीपक शर्मा, वडा नम्बर ५ का पप्पु साह, राकेश कुमार सिंह, वडा नम्बर ६ का सुवास दास, वडा नम्बर ८ का विष्णु कुमार महताे, वडा नम्बर १० का राम लखन यादव, वडा नम्बर ११ का विश्वनाथ महताे, वडा नम्बर १२ का महाबिर सिंह कुशवाहा, रजित कुमार महताे र औरही नगरपालिका वडा नम्बर २ का श्याम यादव गरी १२ जनालाई बुझाएका छन् भन्ने ४ जना उपस्थिति नभएकोले अर्को दिन बुझाउने योजना रहेको निरिक्षक मिश्रले जानकारी दिनुभयो ।
प्रहरीले नियम कानुन अनुसार खाेजतलास गर्दा माेवाईल पत्ता लगाई सम्वन्धित व्यक्तिहरुलाई दिएकाे र बाँकी अन्यका पनि नियम कानुन अनुसार खाेज तलास जारी रहेको निरिक्षक मिश्रले जानकारी दिए ।
वडा दशैँको शुभकामना









