कहिले एकता त कहिले गुट गुटमा
विश्वासको त डोरी छिनो टुट फुटमा ।
यस्तै पारा रह्यो भने विकास होइन
सबै नेता भने सजिन्छन् सुट बुटमा ।
शक्तिको लडाई छ यहाँ के भन्नु हुन्छ?
एकताको माला रहन सक्छ छुट पुटमा ।
घमन्डको तमासा छ यहाँ के गर्नु हुन्छ?
ठुलो क्षति व्यहोर्नुपर्छ सानो भुल चुकमा ।
नेतृत्वको कारण मारमा छन् साना नेता
न एता न उता बसेका छन् सबै गुप चुपमा।
- मिश्रा देवी कार्की







