सिरहा- सिरहामा इनारभित्रै करेन्ट लागेर बुबा र छोराको मृत्यु भएको छ।
गोलबजार नगरपालिका ६ बस्ने बिजय साह र उनका छोरा अमर साहको बिहीबार करेन्ट लागेर मृत्यु भएको हो।
बिहीबार अपराह्न ४ बजे पानी तान्ने मोटर मर्मतको लागि इनारभित्र पसेका बेला बुबाछोराको करेन्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
स्थानीयका अनुसार मोटरसमा खराबी आएपछि ठीक गर्न पहिला बाबु इनारभित्र पसेका थिए। बुबालाई करेन्ट लागेपछि छोरासमेत ईनार भित्र पस्दा करेन्ट लागेर मृत्यु भएको स्थानीयको भनाइ छ।
शवलाई ईनारबाट निकालेर पोस्टमार्टमका लागि अस्पताल लगिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।


