जनकपुरधाम- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनकालागि धनुषा निर्वाचन क्षेत्र नम्वर ३ वाट नेपाली कांग्रेसका पूर्व उप–सभापति विमलेन्द्र निधिको नाम समानुपातिकमा सिफारिस गरिएको छ ।
उनले चुनाव नलड्ने घोषणा गरेपछि उनको नाम समानुपातिकमा सिफारिस गरिएको नेपाली कांग्रेस धनुषाका उप–सभापति गणेश झाले जानकारी दिएका छन् । त्यस्तै धनुषा निर्वाचन क्षे त्र नम्वर ३ को ‘क’ वाट मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री राम सरोज यादवको एकल नाम सिफारिस गरिएको छ । कांग्रसका पूर्व उप–सभापति विमलेन्द्र निधिले प्रतिनिधिसभाको निर्वाचन नलडने घोषणा गरेपछि रामसरोज यादव प्रतिनिधिसभाको उम्मेदवार हुने आकलन गरिएको थियो तर, बिहीबार भने उनको नाम प्रदेशसभाकोलागि सिफारिस गरिएको छ । नेपाली कांग्रेसका पूर्व– उपसभापति विमलेन्द्र निधिको विशे ष उपस्थितिमा भएको प्रदेशस्तरीय बिस्तारित बैठकबाट मन्त्री यादवको नाम सिफारिस गरिएको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ ‘क’ को प्रदेश स्तरीय बिस्तारित बैठकबाट प्रत्यक्ष तर्फको उम्मे दवारमा यादवको नाम सिफारिस गर्ने निर्णय गरिएको बताइएको छ ।



यादव २०७४ को निर्वाचनमा पनि धनुषा क्षेत्र नम्बर–३ ‘क’ बाट निर्वाचित भएका थिए । समानुपातिकतसम्बन्धी निर्णय गर्नका लागि पार्टीको महाधिवेशन प्रतिनिधिसमेत रहे का संसदीय दलका नेता रामसरो ज यादव, क्षेत्र नम्बर ३ ‘क’ का सभापति छेदी राउत र क्षेत्रीय सभापति धीरेन्द्रकुमार निधिसहित ३ जनाको समिति बनाइएको छ । तीनैजनाले समानुपातिक उम्मेदवारको नाम छनोट गर्ने जिम्मेवारी पाएका छन् ।




