वीरगंज- नेकपा एमालेको पर्साको क्षेत्र नं १ बाट पत्रकार के.सी.लामिछानेलाई समानुपातिक सांसद उम्मेदवारमा नाम सिफारिश गरिएको छ ।
वीरगंजमा सम्पन्न पार्टीको क्षेत्रीय समन्वय समितिको बैठकले पत्रकार लामिछानेको नाम समानुपातिबाट संघीय सासद उम्मेदवारमा सफिारिश गरिएको संयोजक लालबाबु शेखले जानकारी दिए ।
वीरगंजलाई कर्मथलो बनाएर पत्रकारितामा क्रियाशिल लामिछाने नेपाल पत्रकार महासंघको केन्द्रीय कमिटीका सदस्य पनि हुन्। दुई दशक भन्दा बढी समयदेखी पत्रकारितामा क्रियाशिल पत्रकार लामिछाने पहिचान शालिन र बौद्धिक ब्यक्तिका रुमा स्थापित छ ।
अनेरास्ववियुवाट राजनीतिमा क्रियाशिल लामिछानेले अनेरास्ववियु र प्रेस चौतारी नेपालको केन्द्रीय तहमा रहेर काम गरिसकेका छन । नेपाल पत्रकार महासंघ पर्साको सदस्य, सचिव अध्यक्ष मधेश प्रदेशको उपाध्यक्ष हुदै हाल नेपाल पत्रकार महासंघमा प्रेस चौतारी नेपालको तर्फबाट बिजयी एक मात्र केन्द्रीय सदस्य हुन ।
उनै लामिछानेलाई शुक्रवार सम्पन्न नेकपा एमाले पर्सा क्षेत्र नं ३ को ( क) प्रदेश समन्वय कमिटीको बैठकले प्रदेश सभाको समानुपातिक उम्मेदवारमा पनि सिफारिश गरेको छ । प्रत्यक्ष निर्वाचनकालागि आकांक्षी रहेका लामिछानेलाई समानुपातिक तर्फ सिफारिश गरिएको हो ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पर्सा सह ईन्चार्ज राजकुमार गुप्ता को प्रमुख अतिथ्यामा बैठक समपन्न भएको हो । बैठकले प्रदेश सभा सदस्यको लागि प्रत्यक्षमा निरराज गिरि र समानुपातिकमा पत्रकार के.सी.लामिछाने लक्ष्मी थापा कुशवाहा, पुरन प्रसाद यादव, अशर्फ मिया, ईमाम मिया, ईन्द्र देव महतो थारु, गौरि यादव, को नाम सिफारिश गरेको छ । बैठक कमिटीका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।




