
काठमाडौं - पुरानो मुद्दा टुङ्ग्याइदिन माग गर्दै नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि सर्वोच्च अदालत गएका छन् ।
आफैँले हालेको चार वर्ष पुरानो मुद्दा पहिला टुङ्गो लगाउन माग गर्दै शाक्यले बुधबार सर्वोच्चमा रिट निवेदन दिएको उनीनिकट स्रोतले जनाएको छ ।
यसअघि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले शाक्यलाई हटाएर घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
यस्तै बुधबार नै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च पुगेका थिए ।
दुवैको निवेदन रुजु गर्ने प्रक्रियामा रहेकाले बिहीबार मात्र दर्ता हुने सर्वोच्च स्रोतले जनाएको छ ।
सरकारले सोमबार मात्रै घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो ।