जनकपुरधाम- मधेस प्रदेश गठन भएदेखि नै मुख्य न्यायाधिवक्तामा नियुक्त भएका दिपेन्द्र झाले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
झाले मुख्यमन्त्री लालबाबु राउतलाई भेटेर आज राजीनामा बुझाएका हुन् ।
झा मुख्य न्याधिवक्ताबाट राजिनामा दिएर जनता समाजबादी पार्टीमा प्रवेशको तयारी गरेका छन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले झालाई जलेश्वर स्थित पार्टी पैलेसमा पार्टी प्रवेश गराउने कार्यक्रम रहेकोे छ।
झा जसपामा प्रवेश गरेर महोत्तरीको क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ निर्वाचन लड्ने तयारी गरेका छन् ।
झा मुख्य न्यायाधिवक्ता हुदा नै जसपा संग टिकटका लागि लबिङ थालिसकेका थिए भने उनलाई उम्मेदवार बनाउन अध्यक्ष यादव पनि सकारात्मक देखिएका थिए ।




