prachand.
महोत्तरी- नेकपा माओवादी केन्द्रको राष्ट्रिय अध्यक्ष पुष्प कमल दहाल प्रचण्ड सोमवार वर्दिवास आउन लागेका छन् ।
बर्दिवास न. पा.११ स्थित श्री निर्मल लामा बहु प्राविधिक शिक्षालयको नयाँ भवन शिलान्यास कार्यक्रममा प्रमुख अतिथीको रुप अध्यक्ष प्रचण्ड आउन लागेका हुन् ।
प्रचण्ड संगै माओवादी उपाध्यक्षा नारायण काजी श्रेष्ठ, शिक्षा मन्त्री देवेन्द्र पौडेल, शिक्षा राज्यमन्त्री बोध माया कुमारी यादव, मधेस प्रदेशका गृह तथा संचार मन्त्री भरत साह र समाजिक विकास मन्त्री नवल किशोर साह काे समेत सहभागीता रह्ने बताइएकाे छ ।




