
महोत्तरी - महोत्तरीको बर्दिवासमा जंगली हात्ती बस्तीमा प्रवेश गरेर चारवटा घरमा क्षति पुर्याएको छ । बर्दिवास नगरपालिका ८ स्थित हात्तीलेत छेउछाउको टोलमा गएराति जंगली हात्तीले चार वटा घर भत्काएको हो ।
स्थानीयका अनुसार राति करिब २ बजे हात्तीहरू बस्तीमा प्रवेश गरेर जित बहादुर योन्जन,जय किशुन महतो र त्यहि वडामा पर्ने जङ्गहा खोलाको पशाचिम पट्टि रहेको पासमानटोलका बुद्धिमान सिंगदेल र सोम बहादुर तमाङको घर भत्काएको हो ।
हात्तीले घर भत्काउन थालेपछि स्थानीयले भागेर ज्यान बचाएका थिए । विगत केही दिनदेखि मधेस प्रदेशको धनुषा र महोत्तरीमा जंगली हात्ती बस्तीमा छिरेर आतंक मच्चाउने गरेको छ।
आईतवार राति मात्र हात्तीले धनुषाको ढल्केवरमा ७ वटा घर भत्किएका थिए। त्यहि हात्तीकाे झुन्ड बडहरी खाेला हुँदै हातिलेट प्रवेश गरेकाे अनुमान गरिएकाे छ।