महोत्तरी - मधेश प्रदेश सरकारको महेन्द्र नारायण निधि विपन्न आवास योजना अन्तर्गत महोत्तरीको गौशाला नगरपालिकामा ४ विपन्न घरपरिवारको लागि भवन निर्माण गरिने भएको छ।
मधेश प्रदेशका गृह तथा संचार मन्त्री भरत प्रसाद साहले आज गौशाला नगरपालिकाका ४ परिवारलाई २ कोठे भवनको शिलान्यास गरेका छन् । मधेश प्रदेश सरकारको शहरी विकास तथा भवन कार्यालय धनुषाले महेन्द्र नारायण निधि विपन्न आवास योजना अन्तर्गत ति आवासको निर्माण गर्न लागिएको हो ।

प्रति घर परिवारका आवास ५ लाख ३७ हजार बजेट रहेको छ । जसमा २ कोठे भवन, शौचालय , किचेन, कल निर्माणको योजना रहेको गृह मन्त्री साहले जानकारी दिए ।

निर्माण पश्चात गौशाला वडा न. ५ मा सन्त माया श्रेष्ठ , वडा न. ६ मा शान्ति देवि मिश्रा , वडा न. १० मा जिवछि देवि महतो र मन्जु देविलाइ ति आवास प्रदान गरिन्छ । विपन्न र घरवार विहीन रहेको परिवारका लागि यस योजना अन्तर्गत एक परिवारका लागि एक आवास निर्माण गरिने योजना रहेको छ।




