महोत्तरी – बर्दिवास मेडिकल पूर्वाधार विकास आयोजना खारेज गर्ने सरकारको निर्णयविरुद्ध महोत्तरीको बर्दिवासमा स्थानीयवासीले प्रदर्शन गरेका छन्।
सो आयोजनाको खारेजीको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयले बर्दिवासस्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी यातायात सञ्चालन ठप्प पारेका छन्। चक्काजामसहितको प्रदर्शनका कारण राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ।



प्रदर्शनमा सहभागी विष्णु बम्जनले अघिल्लो सरकारले स्वीकृत गरी निर्माण प्रक्रिया अघि बढाइसकेको बर्दिवास मेडिकल कलेज आयोजना वर्तमान सरकारले खारेज गरेपछि स्थानीयवासी आन्दोलित बन्नुपरेको बताए।महोत्तरी बालेन्द्र शाह को गृहजिल्ला समेत हो। शाहको पुख्र्यौली घर महोत्तरीको एकडारामा रहेको बताइन्छ।
शाह नेतृत्वको सरकार चैत १३ गते गठन भएको थियो। सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले बर्दिवास, बुटवल र सुर्खेतमा प्रस्तावित मेडिकल पूर्वाधार निर्माण विकास आयोजना खारेज गर्ने निर्णय गरेको थियो।




