
वर्दिवास- महोत्तरीको वर्दिवासमा निशुल्क डाइबिटिज र आँखा जाँच सहितको स्वास्थ्य शिबिर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल रेड्क्रस सोसाइटी बर्दिबास उपशाखा र बर्दिबास नगरपालिकाको सन्युक्त आयोजना तथा कर्मचारी मिलन केन्द्र बर्दिबास, बर्दिबास जनसेवा अस्पताल, बर्दिबास आँखा अस्पताल बर्दिबास, सर्जिकल हाउस र रोटरी क्लब बर्दिबास को सहयोगमा भएको निशुल्क डाइबिटिज र आँखा जाँच सहितको स्वास्थ्य शिबिर र रक्तदान कार्यक्रममा ४०१ जना ब्यक्तिहरुको चेकजाँच गरिएको जानकारी रेडक्रस उपशाखा वर्दिवासका सचिव टिका बहादुर बस्नेत (गणेश)ले गराए ।

स्वास्थ्य शिविरमा परीक्षण गराएका ४ सय १० जनामध्ये २ सय १७ जनामा मधुमेह देखिएको छ ।
त्यस्तै शिविरमा १ सय ३० जनाको आँखासमेत परीक्षण गरिएको थियो । जसमध्ये डाइविटिजका कारण १ सय २१ जनाको आँखामा असर भएको पाइएको छ । ९ जना मोतीबिन्दुका बिरामी फेला परेको रेडक्रसले जनाएको छ ।
रेडक्रसकर्मी मुकुन्द पौडेलका अनुसार पहिचान गरिएका डाइविटिजका बिरामीलाई बिहीबारदेखि प्रत्येक दिन बिहान १० जनाको दरले जनसेवा अस्पतालमा विशेषज्ञ परामर्श, ल्याब टेस्ट र एक महिना निःशुल्क औषधी समेत व्यवस्था मिलाइएको छ ।
उक्त स्वास्थ्य शिबिरलाई सफल ढंगले सम्पन्न गर्न डा.गणेश श्रेष्ठ डा., सुमन सिंह डा., डिना ठाकुर , पिनाकल अस्पतालका द्रोमणि क्षेत्री , सुरक्षा मेडिकल का डा.चन्द्रमणी खत्रीले विशेष सहयोग गरेका थिए ।

शिविर सम्पन्नको लागि प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाको तर्फबाट सचिव बस्नेतले धन्यवाद व्यक्त गरेका छन् ।

सचिव बस्नेतले आज चेकजाँच गरेका आँखा बिरामीहरुलाई बर्दिबास आँखा अस्पतालमा र डाइबिटिजका बिरामीहरुलाई बर्दिबास जनसेवा अस्पतालमा डाक्टरले दिएको सल्लाह अनुसारको मितिमा उपस्थित भई निशुल्क स्वास्थ्य परिक्षण गराई निशुल्क औषधीको सेवा लिनलाई जानकारी समेत गराए ।